March 27, 2025, Thursday
२०८१ चैत्र १४
1:37:26 pm

एमाले कार्यदलको बैठक ३ बजे बस्दै

3.3K

काठमाडौं- नेकपा (एमाले)भित्रको विवाद समाधान गर्न गठित कार्यदलको बैठक आज बस्ने भएको छ। कार्यदल बनेको दुई दिनपछि पहिलोपटक बैठक बस्न लागेको हो। बैठक आज दिउँसो ३ बजे बस्ने जानकारी दिइएको छ।

अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आइतबार सिंहदरबारमा भएको वार्तापछि कार्यदल बनाइएको थियो। कार्यदलमा दुवैपक्षका पाँच/पाँच जना नेता रहेका छन्। ओलीपक्षबाट कार्यदलको नेतृत्व सुवास नेम्वाङ र नेपालपक्षको नेतृत्व भीम रावलले गरेका छन्।

कार्यदलमा ओलीपक्षबाट नेम्वाङसहित विष्णु पाैडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल रहेका छन्। यस्तै, नेपालपक्षबाट रावलसँगै सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघु पन्त रहेका छन्।

Advertisement

कार्यदललाई तीन दिनभित्र प्रतिवेदन पेस गर्ने कार्यादेश दिइएको छ।