November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

महाधिवेशन वैशाखभित्र हुनुपर्छ : शेखर काेइराला

3.1K

काठमाडौं-नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले महाधिवेशन वैशाखभन्दा पछि सार्न नहुने बताएका छन्।

फागुनमै महाधिवेशन नहुने अवस्था आए वैशाखभित्र गर्नुपर्नेमा उनले जोड दिए। महाधिवेशन गर्न नसके कांग्रेसको भविष्य खतरामा पर्नेतर्फ उनले पार्टी नेतृत्वलाई सचेत बनाए। अधिवेशन समयमा गराउन नेतृत्वलाई दबाब दिन पनि उनले कार्यकर्तालाई आग्रह गरेका छन्।

काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले भने,‘अधिवेशनका बेलामात्र चलायमान हुने परम्परालाई हटाउनुपर्छ। १२ महिना र ३६५ दिन नै चलायमान हुँदामात्र कांग्रेस बलियो हुन्छ।’ नेता कोइरालाले समावेशिता र मेरिटोक्रेसीका सन्दर्भमा कांग्रेसभित्र बहस हुनुपर्ने बताए। 

Advertisement