November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

नेपाल पक्षको स्थायी कमिटी बैठक बस्दै, राजीनामा र त्यसपछिका रणनीति तय गर्ने

4K

काठमाडौं– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय स्थायी कमिती सदस्यहरुको बैठक बस्दैछ।

बैठकले राजीनामा र राजीनामा दिएपछिका रणनीति तय गर्ने बताइएको छ। शनिबार नै धेरै सांसदले राजीनामा पत्रमा हस्ताक्षर गरेपनि कति जनाको बुझाउने भन्ने तय स्थायी कमिटीले गर्ने नेपाल पक्षका एक नेताले बताए।

उनले भने, ‘हामी राजीनामा लागि तयार भएरै बसेका छौं। अहिले केही सांसदले मात्रै दिने कि सवैले दिने? प्रत्यक्षले मात्रै दिने कि समानुपातिकले पनि दिने? कति संख्याले दिँदा विश्वासको मतका समयमा कस्तो अवस्था निर्माण हुन्छ भन्ने विषयमा स्थायी कमिटीले छलफल गर्नेछ।

Advertisement

नेपाल पक्षका समानुपातिक र प्रत्यक्ष २३ जना सांसदले राजीनामा पत्रममा शनिबार नै हस्ताक्षर गरेका छन्। नेपाल पक्षमा प्रत्यक्षतर्फ २२ जना छन् भने समानुपातिक गरी ३६ जनासम्म पुग्ने आँकलन गरिएको छ।