November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

अक्सिजनको तत्काल आपूर्ति गर्न कांग्रेस सहमहामन्त्री डा. महतको माग

9.1K

काठमाडौं – नेपाली कांग्रेसका सहमहामन्त्री एवं नेपाली कांग्रेस कोभिड-१९ अनुगमन समितिका संयोजक डा. प्रकाशशरण महतले देश कोभिड—१९ महामारीको दोस्रो चरणमा रहेको बेला संक्रमितको उपचारका लागि अक्सिजनको आपूर्ति तत्काल गर्न सरकारसँग माग गरेका छन । डा. महतले कोभिड–१९ संक्रमितहरुको उपचारका लागि अत्यावश्यक अक्सिजन र भेन्टिलेटरसहित अस्पताल बेड, आइसियु वेड, औषधी र अन्य आवश्यक स्वास्थ्य सामाग्रीहरुको तत्काल समुचित व्यवस्था गर्न माग गरेका हुन् ।

अक्सिजनको कृतिम अभाव सृजना गर्नेहरुलाई तत्काल कार्वाही गर्न र आवश्यकता अनुसार विदेशबाट पनि अक्सिजन र अक्सिजन सिलिण्डरको आपूर्ति गर्न डा. महतको सरकारसंग माग छ । डा.महतले आवश्यक अस्पताल बेडको व्यवस्था सुनिश्चितता गर्न पनि सरकारको ध्यानकर्षण गराएका छन ।

यस्तो छ डा. महतद्वारा जारी वक्तव्य

Advertisement

सरकार कोभिड–१९ को उपचारमा देखिएको गम्भीर समस्याप्रति अझै संवेदनशील नभएको डा महतको आरोप छ ।

कांग्रेसले अनिवार्य मास्क लगाउने, सावुन पानीले हात धुने, भौतिक दुरी कायम गर्ने लगायतका स्वास्थ्य मापदण्ड पालना गर्न पार्टीका केन्द्रदेखि स्थानीय तहसम्मका सबै संरचनाहरुलाई देशभरी सचेतना अभियान संचालन गर्न क्रियाशील हुन आव्हान गरेको छ ।