April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

संसदलाई जीवन्त र जनमुखी बनाउनुपर्नेमा सभामुखको जोड

1.9K

काठमाडौं–सभामुख अग्निप्रसाद सापकोटाले संसदलाई  जीवन्त र जनमुखी बनाउनुपर्नेमा जोड दिएका छन्।

संघीय ससद र प्रदेश सभा सञ्चालन अनुभव आदानप्रदान एवं अन्तरक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्राप्त उपलब्धिलाई कार्यान्वयन गर्ने, जनताको जीवनस्तरलाई माथि उठाउने कार्य गर्नुपर्ने बताए। 

सभामुख सापकोटाले संसदका समितिहरु बढी सक्रिय हुनुपर्नेमा जोड दिए। ‘संसद अधिवेशन नचलेको अवस्थामा पनि समितिमा हुने व्यापक छलफलले जनमुखी कानुन निर्माण हुन्छ,’ उनले भने।

Advertisement

उनले संघीय र प्रदेश सभामा सभामुख र उपसभामुख आन्तरिक रुपमा गहन छलफल गरेर अघि बढ्दा सभाको काम प्रभावकारी हुने बताए। 

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोभिड–१९ का कारण अब संसदका गतिविधि रोक्न नहुने बताए।