November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै

3.1K

काठमाडौं– नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ। दिउँसो २ बजे सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बस्ने बैठकमा आसन्न महाधिवेशनको तयारीबारे छलफल हुने बताइएको छ।

बैठकमा पूर्वपदाधिकारी तथा केही केन्द्रीय सदस्यलाई समेत बोलाइएको छ। बैठकले सोमबारका लागि तय भएको पार्टीको केन्द्रीय समितिको बैठकका एजेन्डासमेत तय गर्ने बताइएको छ।

बैठकमा महाधिवेशन तयारी, क्रियाशील सदस्यता वितरणको हालसम्मको अवस्था तथा समसामयिक विषयमा छलफल हुने बताइएको छ।

Advertisement

साथै बैठकमा जेठ ६ गते हुने राष्ट्रिय सभाको उपनिर्वाचनबारे पनि छलफल हुनेछ। पार्टीको केन्द्रीय समिति वैठक सोमबार दिउँसो दुई बजे बस्दै छ।