November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

जनता समाजवादीका सांसदले दसैं भत्ता फिर्ता गर्ने

2.3K

काठमाडौं –  जनता समाजवादी पार्टीका सांसदहरुले लगिसकेको दसैं भत्ता फिर्ता गर्ने भएका छन्।

जसपाले आज विज्ञप्ती नै जारी गरी आफ्ना सांसदले दसैं भत्ता फिर्ता गर्ने निर्णय गरेको हो। जसपा केन्द्रीय कार्यकारिणी समिति, केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले विज्ञप्ति जारी गर्दै सबै सांसदलाई भत्ता फिर्ता गर्न आग्रह गरेका हुन्।  

जनता समाजवादी पार्टी, नेपालको २०७७ कात्तिक ३ र ४ गते बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले यस्तो निर्णय गरेको हो।  जसपाका ३४ सांसद छन्।  

Advertisement