November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

‘जब पार्टीमा व्यक्ति प्रधान हुन्छ अनि समाप्त हुन्छ।’: नेपाल

5K

काठमाडाैं–नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको संगठन, विचार, सिद्धान्त र नीति जोगाउन आफूहरु निरन्तर लागिरहेको बताएका छन्। नेपाल पक्षको काभ्रेपलाञ्चोक जिल्ला कमिटीले आइतबार बनेपामा गरेको विस्तारित बैठकमा उनले पार्टी नेतृत्व नीति, सिद्धान्त र विचारबाट नभई व्यक्तिगत ढंगले चलेको आरोपसमेत लगाए।

अहिले पनि पार्टीलाई एकताबद्ध बनाएर अगाडि लैजान आफूले निरन्तर संघर्ष गरिरहेको बताउँदै उनले पार्टीका नेता तथा कार्यकर्तालाई आदर्श, सिद्धान्त, नीतिका पक्षमा लाग्न आग्रह गरिरहेको बताए। ‘कम्युनिष्ट पार्टीमा विचार र नीति प्रधान हुन्छ, व्यक्ति होइन,’ उनले भने, ‘जब पार्टीमा व्यक्ति प्रधान हुन्छ अनि समाप्त हुन्छ।’

कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष एवं बगमती प्रदेश संयोजक अष्टलक्ष्मी शाक्यले पार्टी नेतृत्वले सिद्धान्तबिनाको कम्युनिष्ट पार्टी चलाउन खोजिरहेको आरोप लगाइन्। पार्टीको उकम समूह लोकतन्त्र, गणतन्त्रलाई धरापमा पारेर अगाडि बढ्न खोजिरहेको उनको आरोप थियो।

Advertisement

जिम्मेवारी बाँडफाँट, जिल्ला कमिटीको घोषणा, पालिकासम्मको कमिटी घोषणालाई स्वागतयोग्य कदम भएको उल्लेख गर्दै सबै तहका नेता कार्यकर्तालाई  जवाफदेही र जिम्मेवारीका साथ आफ्नो क्षमताअनुसार लाग्न निर्देशन दिइन्।