काठमाडौं – नेकपा एमालेको माधव नेपाल पक्ष पार्टीको आधिकारिकता आफुहरुले पाउनुपर्ने दावी गर्दै निर्वाचन आयोग पुगेको छ । आइतवार नेताहरु बेदुराम भुसाल र राजेन्द्र पाण्डे फागुन २८ र चैत ७ गते गरेका सबै निर्णय अवैधानिक भएकोले बदर गरि आफूहरुलाई आधिकारिता दिन माग राख्दै आयोग गएका हुन् ।
प्रधानमन्त्री केपी ओलीले पार्टीको विधानविपरित निर्णय गरेको भन्दै नेपाल पक्षका नेताले राजनीतिक दल सम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार कारवाही प्रक्रिया अघि बढाउन लिखित निवेदन बुझाएका छन् ।
उनिहरुको माग एमालेको आधिकारिकता आफ्नो समूहले पाउनुपर्ने रहेको छ ।