November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

कांग्रेस नेतृत्वमा सरकार गठन गरी निर्वाचनमा जानुपर्छ : नेता कोइराला

2.3K

कास्की– नेपाली कांग्रेसको नेतृत्वमा चुनावी सरकार गठन गरी आगामी मङ्सिर वा चैतमा निर्वाचनमा जानुपर्ने नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा‍ शेखर कोइरालाले बताएका छन्। नेपाल प्रेस युनियन कास्कीले सोमबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले देश अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेकाले निकास दिने जिम्मा कांग्रेसको काँधमा आएको बताए।

सत्तारुढ नेकपा एमालेभित्रको गुटबन्दीका कारण संसद् अनिर्णयको बन्दी बनेको दाबी गर्दै उनले संसदीय व्यवस्थामा विश्वास गर्ने पार्टी भएकाले कांग्रेसको भूमिका महत्त्वपूर्ण रहेकोमा जोड दिए। 

अहिलेको गतिरोध अन्त्य गर्न कांग्रेस नेतृत्वमा सरकार बनाई निर्वाचनमा जानु उत्तम विकल्प हुने उनको भनाइ थियो।

Advertisement

सरकारले बिजनेश नदिएकाले संसद् अनिर्णयको बन्दी बनेको र सभामुख निरीह अवस्थामा रहेको बताउँदै उनले भने, ‘संसद्को कार्यकाल पूरा गर्न दिने वा कसरी जाने भन्ने सवाल महत्त्वपूर्ण रहेको छ।’ 

कांग्रेसका लागि अहिले सरकारभन्दा पनि आगामी भदौमा हुने १४औँ महाधिवेशन महत्त्वपूर्ण र प्राथमिकतामा रहेको उनको भनाइ थियो। सभापतिबाहेक अन्य पदमा उम्मेदबार नबन्ने समेत उनले स्पष्ट पारे।