November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

देशमा अनिष्ट छाइरहेको छ: वरिष्ठ नेता पौडेल

4.1K

तनहुँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशमा लोकतन्त्रमाथि अनिष्टको कालो बादल मडारिरहेको बताएका छन्।

नेता नविन्द्रराज जोशीको स्वर्गारोहणको सातौं दिनको पुण्य तिथिमा बिहीबार तनहुँको देवघाटधाममा आयोजित अस्तु विसर्जन तथा श्रद्धाञ्जलि सभामा वरिष्ठ नेता पौडेलले देश र लोकतन्त्रमाथि लागेको कालो बादल हटाउन बाँकी रहेको बताएका हुन्। 

‘देशमा अझै पनि अनिष्ट छाइरहेको छ, लोकतन्त्रमाथि अनिष्टको कालो बादल छाइरहेको छ, निश्चयको कालो बादल छाइरहेको छ, अहिलेको उपलब्धिलाई कुन खाडलमा लगेर हाल्दै छन् यहाँका शासकहरुले? खाडलमा हाल्नुअघि नै देशलाई जोगाउन हामीले विखण्डनको आजको विकल्प दिएर देश र लोकतन्त्रलाई जोखिममा पार्नेबाट जोगाउने विकल्प देशले खोजेको छ,’ पौडेलले भने। 

Advertisement

वरिष्ठ नेता पौडेलले नेपाल संस्कृति र प्रकृतिमा विशिष्ट रहेको बताए। ‘यसको प्रमाण हो आज दुनियाँ त्रसित छन्, युरोपमा कोभिड जोखिम छ, विभिन्न खतरनाक रोगबाट त्रसित छ दुनियाँ, भारतमा मानिस संक्रमणको सिकार भएका छन्, तर नेपाल अपेक्षाकृत रुपमा जोखिममा छैन, हाम्रो नदीनाला, हरियाली वनजंगलले गर्दा हो, नेपालको संस्कृति र प्रकृतिले नै सुरक्षित छ,’ वरिष्ठ नेता पौडेलले भने। नवीन्द्रजीको आत्मा पवित्र रहेजस्तै पवित्र तीर्थस्थलमा अस्तु विसर्जन गर्दा स्वर्गमा बास हुने उनको विश्वास छ। 

नेता जोशीकी आमाको अनुरोधअनुरुप अस्तु देवघाटधाममा विसर्जन गरिएको पौडेलको भनाइ थियो। नेता जोशीको निधनले नेपाली र कांग्रेस पार्टीलाई अपूरणीय क्षति पुगेको पौडेलले बताए।