झापा – नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले नेकपा (एमाले) सँग सत्ता साझेदारी नहुने बताएका छन्।
नेपाल प्रेस युनियन झापाले बुधवार बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस नेता डा. कोइरालाले सर्वोच्च अदालतको नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताउने दोस्रो फैसलापछि मुलुक झन् अन्योलतातर्फ गएको बताए।
‘प्रतिनिधि सभा पुन:स्थापना पछि संविधान त बाँच्यो, तर सदन चल्नसक्ने अवस्था छैन’, नेता डा. कोइरालाले ठट्यौली गर्दै भने, ‘संविधान बनाउने पनि झापाली र संविधान समाप्त पार्ने खेलमा पनि झापाली नै लागे।’
‘अब देश र जनताको निम्ति उपयुक्त विकल्प मध्यावधि निर्वाचन भएको बताउँदै उनले भने, ‘अब पार्टीको गतिविधि र कार्यक्रम चुनावी मुखी हुनुपर्छ।’
कांग्रेसका प्रभावशाली नेता कोइराला १४ औं महाधिवेशनको सिलसिलामा जिल्ला दौडाहामा रहेका छन्।