November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

का‌ग्रेस संसदीय दलको बैठक दिउँसो १ बजे बस्दै

२०७७ फाल्गुन २१

2.7K

काठमाडौं– देशको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न नेपाली कांग्रेस संसदीय दलको बैठक बस्ने भएको छ। शुक्रबार दिउँसो १ बजे नयाँ बानेश्वरस्थित कांग्रेस संसदीय दलको कार्यालयमा  बस्ने बैठकमा २३ गतेबाट चल्ने संसदमा पार्टीले चाल्ने कदमबारे छलफल हुने बताइएको छ।

बैठकमा देशको पछिल्लो राजनीतिक घटनाक्रमसँगै नेकपाका दुवै समूहबाट सभापति देउवालाई आएको प्रधानमन्त्रीको अफरबारे छलफल हुने बताइएको छ।

बैठकमा सासंदहरुलाई हिजोको पदाधिकारी बैठकको निर्णयबारे जानकारी गराउने तथा भावी रणनीति तथा पार्टीको औपचारिक लाइनबारे छलफल हुने  बताइएको छ।

Advertisement