November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

कांग्रेस पदाधिकारी बैठक बस्दै, देउवालाई आएको प्रधानमन्त्रीको प्रस्तावबारे छलफल हुने

२०७७ फाल्गुन २०

6K

काठमाडाैं–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन्। फागुन २३ गते प्रतिनिधि सभा बैठक बस्ने भएपछि रणनीति तय गर्न पदाधिकारी बैठक बस्न लागेको हो।

आज दिउँसो २ बजे सभापति देउवा निवास बुढानिलकण्ठमा बस्ने पदाधिकारी बैठकमा देशमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले बताए। 

बैठकमा देशको पछिल्लो राजनीतिक घटनाक्रमसँगै नेकपाका दुवै समूहबाट सभापति देउवालाई आएको प्रधानमन्त्रीको अफरबारे छलफल हुने प्रवक्ता शर्माले बताए। ‘नयाँ परिस्थितिबारे सभापतिले नेताहरुसँग परामर्श लिनुहुन्छ,’ प्रवक्ता शर्माले भने, ‘सभापतिलाई प्रधानमन्त्री बनाउने गरी प्रस्ताव आएका छन्। तर, सहमति बनी सकेको भने होइन ।’ आजको बैठकले भावी रणनीति तथा पार्टीको औपचारिक लाइन तय गर्ने प्रवक्ता शर्माको भनाइ छ।

Advertisement

कांग्रेस सभापति देउवाले जिम्मेवारी आएमा प्रधानमन्त्री पदबाट पछि नहट्ने बताउँदै आएका छन् ।