काठमाडाैं–नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ। प्रतिनिधिसभा पुनःस्थापनापछि बोलाइएको संसद अधिवेशनमा प्रस्तुत हुने विषयमा निर्णय गर्न कांग्रेसले संसदीय दलको बैठक डाकेको हो। बैठक शुक्रबार दिउँसो १ बजे संघीय संसद् भवनको ल्होत्से हलमा बस्ने बताइएको छ।
प्रतिनिधिसभा विघटनपछिको राजनीतिक घटनाक्रमसँगै विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुवै समूहले सहकार्यको प्रस्ताव गरे पनि कांग्रेसले उनीहरुको आधिकारिकताअघि कुनै पनि समूहसँग सहकार्य गर्न नसक्ने निर्णय गरेको थियो ।
कांग्रेस संसदीय दलको बैठकमा यस विषयमा पनि छलफल हुने बताइएको छ। कांग्रेसले त्यही निर्णयलाई निरन्तरता दिन्छ वा फेरेर प्रधानमन्त्री ओलीको पक्ष वा विपक्षमा जाने निर्णय गर्छ भन्ने कुराले नेपालको राजनीतिमा महत्त्वपूर्ण भूमिका खेल्छ।