November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

निर्वाचनबारे टुंगो नलाग्दै निर्वाचन आयोगले तयारी सुरु

२०७७ फाल्गुन ११

2K

काठमाडौँ – निर्वाचनबारे टुंगो नलाग्दै निर्वाचन आयोगले तयारी सुरु गरेको छ। आयोगले तयारीस्वरुप निर्वाचन सामग्री खरिदका लागि बोलपत्र आह्वान गरेको हो।

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा विचाराधीन रहेकै अवस्थामा आयोगले सरकारद्वारा घोषित मध्यावधि चुनावका लागि प्रक्रिया अघि बढाएको हो। त्यस्तै, सत्तारुढ नेकपाका दुई समूहबीच जारी दलको आधिकारितासम्बन्धी विवाद पनि नटुंग्याउँदै आयोगले सामग्री खरिद प्रक्रिया अघि बढाएको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरी चुनाव घोषणा गरेकी हुन्। यो निर्णय असंवैधानिक भन्दै सर्वाेच्च अदालतमा १३ रिट परेका थिए। मुद्दाको सुनुवाइ सकिएसँगै संसद् विघटन सम्बन्धमा सर्वाेच्च अदालतले यही हप्ताभित्र फैसला सुनाउने अनुमान गरिएको छ।

Advertisement

यता आयोगले तयारीस्वरुप निर्वाचन सामग्री खरिद प्रक्रिया अघि बढाउँदै गर्दा नेकपाकै प्रचण्ड–नेपाल पक्ष, कांग्रेस, जनता समाजवादी पार्टी तथा नागरिक समाज संसद् विघटनविरुद्ध आन्दोलनमा छन्।