April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

देवमान थाम्सुहाङको ‘मेरो जीवनयात्रा’ विमोचित

4.9K

पाँचथर । देवमान थाम्सुहाङद्वारा लिखित ‘मेरो जीवनयात्रा’ कृतिको विमोचित भएको  छ । शुक्रबार फिदिमस्थित होटल मानस्वीको सभाहलमा उक्त कृतिको विमोचन गरिएको हो ।

याक्थुङ फिल्म्स् र याक्थुङ लेखक संघको आयोजनामा सम्पन्न समारोहमा कवि मधुराज केरुङ र लेखक लक्ष्मण लावतीले कृतिमाथी समिक्षा गरेका थिए ।

वि.सं. १९९८ मा पाँन्थर मेमेङमा जन्मिएका थाम्सुहाङको जीवनीलाई छोराहरू देबेन्द्र, राजेन्द्र, सन्देश, भवेन्द्र र छोरीहरू गंगा र अनुले प्रकाशन गरेका हुन् ।

Advertisement

इन्दु फोम्बोद्वारा सम्पादित उक्त पुस्तकलाई तुम्बेवा गाउँपालिकाका प्रमुख बाबुराम खड्काको वाहुलीबाट विमोचन गरिएको थियो ।

कार्यक्रममा याक्थुङ प्रज्ञा प्रतिष्ठानका कुलपति राजेन्द्रकुमार जबेगु, सेनमुन्धुम गुरु हर्कप्रसाद केरुङ, फालेलुङ ७ का वडा अध्यक्ष टेकबहादुर केरुङ, लभिङ होम नेपालका अध्यक्ष, जुझ्वान्ड गुरु भवेन्द्र थाम्सुहाङ, थाम्सुहाङ सेवा समाजका केन्द्रीय महासचिव पुर्ण थाम्सुहाङ, हेभेल्नी पाथका केन्द्रीय सदस्य गंगा मगर लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा कुमार केरुङ, मिङ्सोहाङ केरुङ, ज्योति बेघा, सुयोन आङ्देम्बे र प्रीयंका राइले सांगीतिक प्रस्तुति समेत राखेका थिए ।

याक्थुङ फिल्म्स् प्रा.लिका प्रवन्ध निर्देशक सागर केरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा परिवारको तर्फबाट राजेन्द्रकुमार थाम्सुहाङले स्वागत मन्तव्य राखेका थिए भने याक्थुङ लेखक संघ पान्थरका कार्यवाहक अध्यक्ष सुरेन शिशिर केरुङले सञ्चालन गरेका थिए ।