November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

साढे ११ फिट लामो टुप्पी भएका ‘टुप्पी बा’ को निधन, अधुरै रह्यो गिनिज बुकमा नाम लेखाउने सपना

1.9K

पाँचथर । ‘टुप्पी बा’ नामले परिचीत पाँचथरको फिदिम नरपालिका २ निवासी यामनारायण भण्डारीको निधन भएको छ । उनको ८५ वर्षको उमेरमा निधन भएको हो ।

उनको ११ एघार फिट लामो टुप्पी थियो । करिब १ वर्षदेखि श्वासप्रश्वास र दमको समस्यासँग जुधिरहेका भण्डारीको सोमवार साँझ निधन भएको हो ।

आफूलाई बिश्वकै सबैभन्दा लामो टुप्पी भएको व्यक्तिका रुपमा दाबी गर्दै आएका भण्डारीले ४७ वर्षदेखि टुप्पी काटेका थिएनन् ।

Advertisement

सपनामा आएका गेरु बस्त्रधारी साधुले टुप्पी नकाट्नु र काइयो लगाएर नकोर्नु भनेपछि टुप्पी पाल्न थालेको उनी बताँउथे ।

बिश्वमै सबैभन्दा लामो टुुप्पी भएको मान्छे आफू नै भएको दाबी गर्ने उनको ‘गिनिज बुक अफ दि वल्र्ड’मा नाम दर्ता गराउने चाहना भने पुरा हुन सकेन ।