विराटनगर । संखुवासभाको हेवा खोलामा आएको बाढीमा बेपत्ता भएका थप १ जनाको शव फेल परेको छ । बेपत्ता १८ मध्ये एक जनाको शव अरुण नदीमा फेला परेको हो।
प्रहरीका अनुसार चैनपुर नगरपालिका-१० मा पर्ने दुम्कट्टामा पर्ने अरुणमा बर्दियाका ४१ वर्षीया कालीराम थारुको शव शुक्रबार फेला परेको हो ।
स्थानीय बासिन्दाले खोला किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । उनको शव १३ दिनपछि फेला परेको हो ।
असार २ गते हेवा, पिलुवा र सभाखोलामा आएको बाढीमा ६ मेगावाटको निर्माणाधीन सुपरहेवा हाइड्रोपावरका १७ मजदुर बेपत्ता भएका थिए। ती मध्ये १६ मजदुरको अवस्था अझै अज्ञात छ।