April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

मुख्यमन्त्री शेरधन राईलाई आफ्नो श्रीमान भन्दै हिडेकी बालिका खड्का पक्राउ

3.4K

काठमाडौँ – प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफूलाई लामो समयदेखि नानाथरि गरेको आरोप लगाउँदै आएकी बालिका खड्काले आज अपरान्ह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको ३ नं. गेट अगाडि एकल प्रदर्शन गरेकी छन् ।

आफ्नै पार्टीका बहुसंख्यक प्रदेशसभा सदस्यहरूबाट अविश्वासको प्रस्ताव सामना गर्दै गरेका राई प्रधानमन्त्री निवास बालुवाटार छिरेको सुईंको पाएसङ्गै उनी आफ्नो कुरा राख्न भन्दै त्यता गएकी थिइन् ।

निषेधित क्षेत्रमा होहल्ला गरेको र समय नै नलिई प्रधानमन्त्रीलाई आफ्ना कुरा राख्छु भन्दै बबाल गरेको आरोपमा प्रहरीले खड्कालाई पक्रेर कमलपोखरीको हिरासतमा राखेको छ ।

Advertisement

विगतमा खड्काले हालसम्म अविवाहित राई आफ्नो श्रीमान् भएको, आफूलाई दशकदेखि शारीरिक शोषण गर्दै आएर हाल अलपत्र पारेको जस्ता गम्भीर आरोप लगाउँदै आएकी छन् ।जनआस्था