April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

निर्वाचनमा द्विविधा नराखी जनतामाझ जान प्रधानमन्त्रीकाे निर्देशन

4.9K

काठमाडौं – प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनबारे कुनै द्विविधा नराखी दृढ विश्वास र साहससाथ जनतामाझ जान कार्यकर्तालाई निर्देशन दिएका छन् ।

केन्द्रीय कमिटी बैठकलाई बिहीबार सम्बोधन गदैै प्रधानमन्त्री एवं अध्यक्ष ओलीले भने, “यो प्रणालीको रक्षा गर्ने हामी छौंँ । अब एक–दुई चुनाव लडेर राम्रा काम गरेपछि हाम्रा सन्ततिले सुख पाउनेछन् । हामीले हा¥यौँ भने देशले हार्छ, त्यसैले तपाईंहरू दृढ साहस लिएर जनतामा जानुस् ।”

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार आयोजित केन्द्रीय कमिटी बैठकमा उनले सरकारले गरेका राम्रा कामका पक्षमा कहिल्यै पनि नेताहरूले नबोलेको चर्चा गरे । उनले भने, “सरकारको पक्षमा कहिल्यै बोलेनन्, राष्ट्रको पक्षमा बोलेनन् ।

Advertisement

मिसहितको नक्सा जारी गर्दा सम्बन्ध बिगारेको आरोप लगाइयो ।” उनले नेकपाको अध्यक्षबाट आफूलाई हटाउने कुरा तमासा मात्र भएको बताए ।
गोरखापत्र दैनिक