November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

दुईपल्ट म्याद थपिएको छानबिन समितिको प्रतिवेदन अनिश्चित, बेपता जयसिंह मात्रै होइन तुइन पनि भेटिएन

2.9K

काठमाडौं– दार्चुला व्याँस गाउँपालिका २ मालगाउँका ३ वर्षीय जयसिंह धामी नेपाल र भारतलाई जोड्ने मालघाटमा रहेको तुइन तर्ने क्रममा खसेर बेपत्ता भएका थिए । भारत हुँदैं जिल्ला सदरमुकाम खलंगा जान तुइन तर्ने क्रममा पारीतर्फ रहेका एसएसबीले तुइन फुकालिएइदिएको स्थानीयले बताएका छन् ।

घटना भएको तीन साता बितिसकेको छ । तर, घटनाको पर्सिपल्ट सरकारले १७ साउनमा गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको नेतृत्वमा गठन ष्रेको पाँच सदस्यीय छानबिन समितिले अझै प्रतिवेदन तयार गर्न सकेको छैन ।

पहिलोपल्ट म्याद थपेर दिइएको १७ दिनमा पनि प्रतिवेदन लयार नभएपछि दोस्रोपटक म्याद थप भएको छ । तर मंगलबार सरकारले अर्को एक साता म्याद थपेको छ । ‘प्रतिवेदनका विषयमा छलफल भइरहेको छ ।’ संयोजक गौतम भन्छन्, ‘जयसिंहकोे डेथबढी र तुइन सेमत फेला नपर्दा केही ढिलाइ भएको हो ।’ नयाँ पत्रिका दैनिकबाट

Advertisement