April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

भारतमा घट्दै संक्रमण दर

२०७७ कार्तिक २६

3.8K

काठमाडौँ- भारतमा कोरोना भाइरसको संक्रमण दर घट्दै गएको छ ।

दुई महिनाअघि एकैदिन एक लाख हाराहारीसम्म संक्रमित भेटिएका भारतमा अहिले यो संख्या औषत ४० हजारमा झरेको छ ।

पछिल्लो २४ घण्टामा थप ४४ हजार ६७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै भारतमा संक्रमितको संख्या ८६ लाख ३५ हजार ७५४ पुगेको छ ।

Advertisement

संक्रमितमध्ये अहिलेसम्म ८० लाख ११ हजार ८४४ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख २७ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा थप ५११ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख २७ हजार ६१५ पुगेको छ ।