April 19, 2025, Saturday
२०८२ बैशाख ६
1:37:26 pm

तस्बिरमा हेर्नहोस्रु रुकुमपूर्वको लेक क्षेत्रमा हिमपात

4.9K

रुकुम (पूर्व) – रुकुमपूर्वमा बिहीबार राति परेको वर्षासँगै लेकाली भेगमा हिउँ परेको छ। यस वर्षको हिउँद समयमा पहिलो पटक वर्षा र हिउँ परेको छ। लामो समयसम्म पानी र हिउँ नपरेकोले जिल्लामा आकाशे पानीको भरमा रहेका हिउँदे बालीलाई सिंचाइको राहत मिलको छ।

१४ वडा रहेको पुथाउत्तरगंगा गाउँपालिकामा भने वडा नम्बर १, २ का बस्तीसम्ममा हिउँ परेकोमा बाँकी भूमे, पुथा र सिस्ने गाउँपालिकाका बस्तीहरूमा पानी परेको छ भने, तीनै गाउँपालिकाको लेकाली भेगमा भने हिउँको भरिभराउ भएको छ।

किसान भने बाली सप्रने आसले खुसी भएका छन्। लेकाली क्षेत्रसँगै हिउँ परेको बस्तीको  घर आगन, बारी, चौतारो तथा वन जंगलमा हिउँले झकिएका छन्।

Advertisement