झापा: भन्सार छलेर ल्याएको आशंकामा झापा प्रहरीले दमकबाट ३ करोड रुपैयाँ भन्दा बढीको सामान बरामद गरेको छ । ओरियन्स कम्पनीका खाद्यन्न सामाग्री बरामद गरिएको हो ।
आज इलाका प्रहरी कार्यालय दमकमा प्रत्रकार सम्मेलन गरी ३ करोड २९ लाख ६७ हजार मुल्यका सामान बरामद गरेको प्रहरीले जानकारी दिएको छ । विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दमक र जिल्ला प्रहरी कार्यालय झापाबाट शादा पोशाकमा खटिएको प्रहरी टोलीले सो परिमाणका २३ प्रकारका विभिन्न नामका खाद्य सामग्री दमकको पुरानो सब्जी बजार क्षेत्रको एक घरबाट बरामद गरेको हो ।
प्रहरीले सामानसँगै तस्करी कार्यमा संलग्न भएको आशंकामा जितेन्द्र शाहलाई पनि पक्राउ गरेको छ । २ दिनअघि सामान बरामद गरेपनि अनुसन्धानपछि मात्र सार्वजनिक गरिएको झापाका प्रहरी उपरिक्षक सानुराम भट्टराईले बताउनु भयो । पक्राउ परेका व्यक्ति तथा सामानबारे थप अनुसन्धान एवं कार्वाहीका लागी राजश्व अनुसन्धान कार्यालय ईटहरी पठाउन लागिएको प्रहरी उपरिक्षक भट्टराईले जानकारी दिनुभयो ।





