February 3, 2026, Tuesday
२०८२ माघ २०
1:37:26 pm

चित्लाङमा मृत चितुवा फेला

220

काठमाडमौं । मकवानपुरमा मृत चितुवा फेला परेको छ । थाहा नगरपालिका–९ चित्लाङको महालक्ष्मी खोलाको किनारमा वयस्क पोथी चितुवा मृत अवस्थामा फेला परेको हो ।

चितुवाको मुखबाट रगत बगिरहेको हुँदा चितुवाहरु एक आपसमा जुधेर मरेको हुन सकने प्रहरीले जनाएको छ ।

‘३९ केजी तौल, एक सय ७० सेन्टिमिटर लम्बाई भएको चितुवा करिब ४ वर्षको जतिको अनुमान गरिएको छ ।

Advertisement

उक्त स्थान ईप्रका चित्लाङबाट १ किलोमिटर दक्षिणमा पर्छ । चित्लाङस्थित सामुदायिक वनमा अन्य वन्यजन्तुलगायत चितुवाहरुको वासस्थान रहेको छ ।