February 12, 2026, Thursday
२०८२ माघ २९
1:37:26 pm

भिरबाट लडेर निर्वाचन प्रहरीको  मृत्यु

635

बैतडीमा भिरबाट लडेर एकजना निर्वाचन प्रहरीको  मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख दीपककुमार रायका अनुसार दशरथचन्द नगरपालिका ४ का ३२ वर्षीय प्रकाश चन्दको मृत्यु भएको हो ।

निर्वाचन प्रहरी चन्दको सुन्दरखाली मैदानमा सञ्चालित तालिम सकेर घरतर्फ गइरहेका बेला खरकटे सल्लेरी भन्ने स्थानमा भिरबाट लडेर आज बिहान मृत्यु भएको हो ।

Advertisement