April 3, 2026, Friday
२०८२ चैत्र २०
1:37:26 pm

‘दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२’ शुभारम्भ

630

ललितपुर । ‘दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२’ को शुभारम्भ गरिएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको आयोजनामा
सडक दुर्घटना कम गर्ने र आम नागरिकमा ट्राफिक सचेतना फैलाउने उद्देश्यले सुरु गरिएको अभियान शनिबार बिहान काठमाडौंको ऐतिहासिक क्षेत्र वसन्तपुर कुमारीघर वसन्तपुरबाट सुरु भएको हो ।

सचेतनामूलक र्‍याली नगरका विभिन्न भाग परिक्रमा गर्दै रामशाहपथस्थित काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा पुगेर समापन भएको थियो ।

Advertisement

जनचेतनामूलक नारा र प्लेकार्ड कार्यक्रममा प्रहरी अधिकारीहरू, विभिन्न विद्यालयका विद्यार्थी र सरोकारवाला निकायहरूको बाक्लो उपस्थिति रहेको थियो ।