काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र आजपाका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहबीच भेटवार्ता भएको छ ।
दुईबीच लामिछानेको निवास बुढानीलकण्ठमा मंगलबार भेटवार्ता भएको हो ।
भेटमा समसामियक राजनीतिक अवस्था, देशको विकास निर्माणका प्राथमिकता तथा समसामयिक राष्ट्रिय मुद्दाबारे छलफल भएको जनाइएको छ ।
आजै राष्ट्रिय सभा सदस्य महन्थ ठाकुरले पनि लामिछानेसँग भेटवार्ता गरेका थिए ।