November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

रौतहटमा खोलाले बगाएर एक बालकको मृत्यु, दुई बालिका बेपत्ता

760

विराटनगर । रौतहटमा खोलाले बगाएर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बलुवा गोठटोलका गोनवर मियाको १० वर्षीय छोरा अरबाज मियाँ रहेको प्रहरीले जनाएको छ ।

सोमबार नजिकै बकैया खोलामा दिउँसो नुहाउन गएका अरबाजलाई खोलाले बगाएको थियो । तत्कालै उपचारका लागि राजपुर प्राथमिक उपचार केन्द्र राजपुर फरदहवा पु¥याइएको उनलाई चिकित्सकले मृत घोषणा गरेको थियो ।

त्यस्तै देवाही गुनाही नगरपालिका–६ कर्कचटोलमा खेतको पानी बग्ने स्थानमा नुहाउन गएका १२ वर्षीया आरती कुमारी र ११ वर्षीया अन्तिमा कुमारी दिउँसो बेपत्ता भएको प्रहरीले जनाएको छ ।

Advertisement

खेतनजिकको भंगालोमा नुहाउन गएको बेला दुवै बेपत्ता भएका हुन् । दुवैको खोजी कार्य तीव्र बनाइएको प्रहरीले जनाएको छ ।