November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

झापामा माछा मार्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु

560

विराटनगर । झापामा माछा मार्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । कमल गाउँपालिका–३ का २१ वर्षीय उज्ज्वल राईको बुधबार दिउँसो मृत्यु भएको हो ।

स्थानीय ढ्याङ्ग्री खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लाग्दा घाइते भएका राईलाई उपचारका लागि दमकस्थित लाइफ लाइन अस्पताल पु¥याउनसाथ चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Advertisement