November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

सडकमा उत्रिए सुनचाँदी व्यवसायीहरू

1.2K

काठमाडौं । सुनचाँदीमा लगाइएको कर फिर्ता गर्नुपर्ने मागसहित सुनचाँदी व्यवसायीहरू प्रदर्शनमा उत्रिएका छन् । नेपाल सुन चाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल हस्तकला महासंघको अगुवाइमा शुक्रबार व्यवसायीहरूले ¥याली निकालेका हुन् ।

पसल बन्द गरेर सडकमा उत्रिएका उनीहरुको ¥याली माइतीघर मण्डलाबाट सुरु भई नयाँ बानेश्वरमा पुगेर कोण सभामा परिणत हुनेछ ।

व्यवसायीको आन्दोलनमा कालिगढ तथा मजदुरहरूको पनि साथ रहेको छ ।

Advertisement

सरकारले आगामी आवको बजेटमार्फत् २ प्रतिशत विलासिता कर तथा रत्न र पत्थरमा १३ प्रतिशत कर लगाएको छ । यो करले आफूहरूको व्यापारमा नकारात्मक असर पर्ने व्यवसायीहरूले बताएका छन् ।