November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

विश्वमा आदिवासीले आफ्नो पुख्र्यौली प्रथाजनित भूमि प्राप्त गर्नुपर्छ –डा.तिगेला

1.8K

चौविस थुम । किरात याक्थुङ चुम्लुङका संघीय उपाध्यक्ष डा. कमल तिगेला खेवाहाङले भूमि सम्बन्धी विश्वव्यापी सिद्धान्त, विश्वमा आदिवासीले आफ्नो पुख्र्यौली प्रथाजनित भूमि दावी एवम् प्राप्ति हुनपर्ने बताएका छन् ।

थरगत सहजिकरण समूहद्वारा चौविसे समाजको भवन धरानमा शनिबार आयोजित ऐतिहासिक चौविस मिक्लुक थुम भेलामा डा. तिगेलाले सो कुरा बताएका हुन् ।

डा. तिगेलाले नेपालको सन्दर्भमा मौजुदा ऐन कानुन, चौविस मिक्लुक थुमले आगमि दिनमा गर्नपर्ने कार्यहरु, साँस्कृतिक स्थल तथा प्रथाजनित पुख्यौली भूमि अभिलेखिकरण गर्न छथर गाउँपालिकाको मोडल, किपट भूमि प्राप्तिमा सन्दकपुर गाउँपालिकाको मोडल, साँस्कृतिक भूमि प्राप्तिका लागि कीर्तिपुर नगरपालिका मोडल र आइ एल ओ १६९ एवम् युएनड्रिप अनुरुप ऐन कानुन निर्माण गर्न नेपालको सर्वोच्च अदालतले दिएको आदेश अनुरुप ऐन कानुन निर्माण गर्न नगरसभाबाट नीति एवम् बजेट पारित भएको कटारी नगरपालिकाको मोडल माथि प्रकाश पारेका थिए ।

Advertisement

भूमि अधिकार उपभोग गर्न, भूमिमाथि स्वायत्तता स्वशासन कायम गर्न याक्थुङ (लिम्बु) आदिवासीको प्रथाजनित संस्था “चुम्लुङ” पाङ्भे (टोल) स्तरीय, माङ्गेन्ना यक स्तरीय हुँदै थुम स्तरी गठन भएपछि “थिवोङ याक्थुङ चुम्लुङ” बन्ने र यसले पारित गरेको नीति तथा कानुन “विवोङ याक्थुङ थिम” हुने बताएका थिए । यसले याक्थुङ (लिम्बु) समुदायमा स्वशासन र स्यात्तताको अभ्यास गर्ने उनको दावी थियो ।

सहजीकरण समुहका अर्का सचिवालय सदस्य एवम् कियाचुको संस्थापक सदस्य तथा वर्तमान केन्द्रीय सल्लाहकार नरप्रसाद लुम्फुङ्वाले समुहको मार्गचित्र (रोडमेप) प्रस्तुत गर्दै राज्यले हाम्रो आवाजलाई सम्मान नगरे प्रतिरोध र विद्रोहसम्म गर्नुपर्ने रणनीति भएको बताएका थिए ।

ऐतिहासिक थुम भेलामा चौविस मिक्लु कथुमका १४ वटा थरहरु व्रmमसः तुम्बा, तुम्सा, युङसिङबा, थक्सु, नयोङहाङ, फाःलेचुवा, चेम्जोङ, लिङदम, आङ्ला, इवा, तुम्बापो, लिङथेप, देवान, वयाङ खजुम आदिको उपस्थिति रहेको थियो ।

भेलाले भविराज तुम्साको संयोजकत्वमा प्रथाजनित पुख्र्यौली भूमि अधिकारका लागि १५ सदस्यीय थरगत सहजिकरण चौविस मिक्लुक थुम समिति गठन गरेको छ । समितिमा संयोजक भविराज लिम्बु, सदस्य सचिव विनु चेम्जोङ, सदस्य सुरेस नयोहाङ, सदस्य, टेक बहादुर लिङथेप, सदस्य डिल्लि लिङदम, सदस्य शुसिल कुमार इवा, सदस्य हरेन्द्र चेम्जोङ, सदस्य धर्मध्वज वयाङ खजुम, सदस्य आशा आङला, सदस्य रण बहादुर युङसिङबा, सदस्य धिरज थक्सु, सदस्य नर्वदा तुम्बा संयक, सदस्य रणशेर नयङ, सदस्य सन्तोष फाःलेछुवा, सदस्य खिलमान तुम्बापो रहेका छन ।

थरगत सहजिकरण समूहका सचिवालय सदस्य मेरिना तुम्साको सभापतित्वमा ताजुव फाःलेछुवाद्वारा स्वागत र सागर सरगम चेम्जोङले सञ्चालन गरेको उक्त भेलामा मिक्वाखोला थुमका प्रतिनिधी कियाचु केन्द्रीय सदस्य उत्तम लिङथेपले कार्यव्रmम सफलताको शुभकामना व्यक्त गरेका थिए ।