November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

१६औँ अभिव्यक्ति शृङ्खला सम्पन्न, देवेन्द्र खेरेसलाई मञ्च प्रदान

805

बेलायत । नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्धारा आयोजित १६औँ अभिव्यक्ति शृङ्खला कार्यक्रम सम्पन्न भएका छ । आसफोर्डस्थित साइमन चर्चहलमामा शनिबार बाक्लो उपस्थिति माझ सम्पन्न कार्यक्रममा वरिष्ठ कवि तथा समालोचक दवेन्द्र खेरेसलाई मञ्च प्रदान गरिएको थियो ।

कार्यक्रममा बेलायतका लागि नेपाली राजदुत चन्द्रकुमार घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो । उनले नेपाली भादगाउले टोपी र ताम्रपत्रले स्रष्टा देबेन्द्र खेरेसलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा स्रष्टा खेरेसले १५ थान आप्mना उत्कृष्ट रचनाहरू प्रस्तुत गरेका थिए । रचना प्रस्तुतिका लागि सशक्त युवा कविहरू निर्भीकजंग रायमाझी र अन्जु अन्जलीले साथ दिएका थिए ।

Advertisement

समारोहलाई सम्बोधन गर्दै प्रमुख आतिथि राजदुत घिमिरेले खेरेसका कविताहरूले “तिमीसँग घडी छ, तर हामीसँग समय छ’ एक अग्रेजी भनाईको सम्झना आएको बताए । ‘कविताले उक्त भनाईको मर्मलाई बोकेको पाएँ’, उनले भने, ‘कतै कविले बिगतलाई बोकेर हिँडेको त हैन ? भन्ने प्रस्तुत कविताहरूमा महसुस गरेँ ।’ उनले मानिस जहाँ पुगे पनि आप्mनो गाउँ, देश, माटो र भाषालाई छोड्न नसकिने उल्लेख गर्दै कवितामा त्यो छोड्न नसक्नुको भाव ओतप्रोत भएको पाइएको पनि बताए ।

यस्तै, सभापती टंक वनेमले कवि देवेन्द्र खेरेसको सृजनात्मक यात्राको संक्षीप्त परिचय दिँदै प्रवास जीवन भोगाईका पाटाहरूलाई कवितामा उतारेको बताए ।
पचासको दशकबाट कविता लेख्न सुरू गरेका खेरेसका दुई कृतिहरू रूङ्रीको बयान र नदी किनारा (कवितासङ्ग्रह २०६५) र कोलम्बस यात्रा (कवितासङ्ग्रह २०७५) प्रकाशित छन् । कवि देवेन्द्र खेरेस हङकङ डायोस्पोराबाट नेपाली कविता साहित्यमा उदाएका एक सशक्त कवि हुन् । नेपाली कविता लेखनमा अलग पहिचानको मान्यता राख्ने उनका कविताहरू काव्यिक इतिहासको एउटा महत्वपूर्ण खुराक बन्न सक्दछ । कवितामा नोस्टाल्जिक प्रेम, युगौँ देखिको आदिवासी पीडा र अस्तित्वको खोज र अन्वेषण भेटिन्छन् । प्रवासबाट आफ्नो जन्मभूमिलाई समर्पीत कवितामा यन्त्रवत जीवनका भोगाइहरू छटपटिएका छन् । थोरै कविता लेखेर पनि परम्परालाई तोड्न सकिन्छ र नयाँ परम्पारको थालनी गर्न सकिन्छ भन्ने सबूत प्रमाणका रूपमा कवि खेरेसका कविताहरू बुझन सकिन्छ । कवितामा नेपालको पुरातनपन्थी सोचसँग विमती राख्छन् आक्रोशको ज्वारभाटा उकेल्छन् । कवि आफ्ना कविताहरूमा क्रमभङ्गताको पक्षमा उभिएका छन् ।

उनका कवितामा नवीन चिन्तन, नवीन शैली र नवीन विद्रोह भेट्न सकिन्छ । कविता सवै विषयवस्तुमा उनले धेरै ठाउँ आफू जन्मेको भूगोल छोडेर डायोस्पोरामा हुनुको पीडालाई महत्वका साथ उठाएका छन् । समय अनुसार नयाँ चेतनाको विकासको वरण आजको मान्छेले गर्नुपर्ने तथ्यलाई अघि सारेका छन् । उनका कवितामा मिथक, बिम्व, प्रतीक र भाषाको समेत सुन्दर संयोजन भएको पाइन्छ । कवि खेरेसको एकल प्रस्तुतिमा १६ ओटा नयाँ तथा पुराना सृजनाहरू प्रस्तुत गरेका थिए ।

कार्यक्रममा आमन्त्रित विभिन्न संघसंस्थाका प्रमुखहरू, प्रतिनिधिहरू, कला, साहित्य, संगीत सम्बद्ध बौदिक व्यक्तित्वहरू र पत्रकार तथा सर्वसाधाष्णको बाक्लो उपस्थित रहेको थियो ।

१६औँ अभिव्यक्ति शृङ्खलाका सभापति र प्रमुख अथितिले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको शुभाराम्भ गरेका थिए । त्यसैगरी कार्यक्रममा संस्थाद्धारा प्रकाशित वरिष्ठ कवि तथा मुन्घुम अन्वेषक बैरागी काइलाको सामाजिक तथा सृजनात्मक आयामको बारेमा लेखिएको कृति ‘बैरागी काईला नागरिक अभिनन्दन ग्रन्थ’ प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदुत चन्द्रकुमार घिमिरे र प्रतिष्ठानका अध्यक्ष टंक वनेमले लोकापर्ण गरेका थिए । उक्त कृतिमा विभिन्न कवि, लेखक तथा प्राज्ञहरूको गहन लेखहरू समावेश गरिएको छ ।

दोस्रो भागमा संस्थाका महासचिव गुरूङले अभिव्यक्ति शृङ्खलाको संक्षिप्त परिचय दिदै स्रस्टाका बायोग्राफी र अभिव्यक्ति शृङ्खलामा मन्च प्रदान गरिएका श्रस्टाहरुको नामावली पढेर सुनाएका थिए ।

नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले स्थापनाकालदेखि बेलायतमा प्रत्येक वर्ष अभिव्यक्ति शृङ्खलाको आयोजना गरेर एकजना स्रस्टालाई मञ्च प्रदान गरेर स्रस्टाको सृजनाहरू प्रसतुत गर्दै आइरहेको छ । सन् २००७ सालमा गायक तथा संगीतकार चोक गुरूङलाई मञ्च प्रदान गरि अभिव्यक्ति शृङ्खलाको सुरू गरिएको थियो । सन् २००८ सालमा कवि तथा निबन्धकार दयाकृष्ण राई । सन् २००९ सालमा कवि तथा कथाकार टंक वनेम । सन् २०११ सालमा संगीतज्ञ किसोर गुरूङ । सन् २०१२ सालमा कवि तथा गजलकार अञ्जु अञ्जली । सन् २०१३ सालमा गायक नोर्देन तेन्जींङ भूटीया । सन् २०१४ सालमा कवि तथा नाट्यकर्मी शशी थापा सुव्बा । सन् २०१५ सालमा कवि तथा कथाकार रक्ष राई र सन् २०१६ सालमा कवि तथा गीतकार निर्मला परिवेश राई । सन् २०१७ सालमा कवि डा। रूपक श्रेष्ठलाई मञ्च प्रदान गरिएको थियो । सन् २०१८ सालमा साहित्यकार गणेश राई, सन् २०१९ सालमा साहित्यकार जानु काम्बाङलाई अभिव्यक्ति शृङ्खलाको मञ्च प्रदान गरिएको थियो । सन् २०२० सालमा कोभिडको कारण कुनै पनि सार्वजनिक कार्यक्रमहरू हुन सकेन । सन् २०२१ सालमा भर्चुवल मार्पmत कवि कोमल मल्ललाई मञ्च प्रदान गरिएको थियो। यसैगरि सन् २०२३ सालमा गायक धन किरण गुरूङ सन् २०२४ सालमा गायक तथा साहित्यकार नरेश नातिलाई प्रदान गरिएको थियो ।