April 20, 2026, Monday
२०८३ बैशाख ७
1:37:26 pm

मुलुकलाई आर्थिक रुपमा सबल बनाउन उत्पादनमुलक क्षेत्रमा जोड दिनुपर्छ: उपप्रधानमन्त्री सिंह

२०८१ कार्तिक २९

2.7K

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले मुलुकलाई आर्थिक रुपमा सबल बनाउनको लागि उत्पादनमुलक क्षेत्रमा जोड दिनुपर्ने बताएका छन्

बिहीवार काठमाडौंमा आयोजना भएको ‘फिन इलेक्ट्रो टेक २०२४’ उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री सिंहले निजी क्षेत्र र सरकार दुवैले उत्पादनमुलक क्षेत्रमा जोड दिन आवश्यक रहेको बताएका हुन् ।

मन्त्री सिंहले भने, ‘नेपालमा सबैले उत्पादनको क्षेत्रमा जोड दिनुपर्छ । उत्पादनको क्षेत्रले नेपालको जिडीपी पुर्‍याएको योगदानमा कमी आइरहेको छ । त्यसलाई स्तरवृद्धि गर्नको लागि उत्पादनमुलक उद्योगहरुमा जोड दिनुपर्छ । मानिसहरु स्वास्थ भए मात्रै हिँड्डुल गर्नसक्छौं ।’

Advertisement

उनले उत्पादन क्षेत्रले जिडीपीमा पुर्‍याएको योगदानमा वृद्धि गर्न उत्पादनमुलक उद्योगहरुमा जोड दिनुपर्ने बताए ।

ऊर्जा उत्पादनमा लागेर उत्पादनमुलक क्षेत्रमा आवश्यक विद्युत सप्लाई गर्नुसक्नुपर्ने पनि मन्त्री सिंहले बताए । उनले विद्युतको लागि ट्रान्समिसन लाइनदेखि अन्य सबै कम्पोनेन्टमा नेपालमा बनेका सामान राखेर गर्नसके राम्रो परिणाम दिने बताए ।