April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

नुवाकोटमा सवारी दुर्घटना हुँदा एकको मृत्यु, एक जनाको अवस्था गम्भीर

२०८१ कार्तिक १६

625

त्रिशुली । नुवाकोटमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।

प्रहरीका अनुसार गएराति लिखु गाउँपालिका–६ छहरेस्थित सडकमा मिनीट्रकको ठक्करबाट मोटरसाइकलमा सवार तादी गाउँपालिका–३ का ३५ वर्षीय विनोद चौलागाईँको मृत्यु भएको हो ।

दुर्घटनामा तादी–३ का राजाराम श्रेष्ठ गम्भीर घाइते भएका छन् । निजको ग्रिनसिटी अस्पताल काठमाडौंमा उपचार भइरहेको छ । दुर्घटनापछि मिनीट्रकका चालक फरार रहेकाले निजको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement