April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

गोरक्ष हाटबजारको उदघाटन, स्वदेशी उत्पादनको बिक्री व्यवस्थापन गर्ने लक्ष 

1.5K

काठमाडौं । विश्व हिन्दु युवा संघ नेपालले सुरु गरेको गोरक्ष हाटबजारको विधिवत् उद्‌घाटन गरिएको छ। काठमाडौंको बत्तीसपुतलीस्थित प्रदर्शनी स्थलमा होम ,यज्ञ गरि वैदिक विधि अनुसार गुरु गोरखनाथको उपस्थितिमा गोरक्ष हाटको उद्‌घाटन गराइएको हो ।

खोजी मौलिकताको अभियान समृद्धिको भन्ने नाराका साथ नेपाली उत्पादनलाई स्वदेशी तथा विदेशी बजारमा लैजाने उद्देश्यले स्थापित गोरक्ष हाटबजारको, उद्‌घाटन गरिएको बताईएको छ । 

अर्गानिक र नेपाली उत्पादनको बजार प्रबर्द्धन गर्ने उद्देश्यले हाट बजार सुरु गरिएको विश्व हिन्दु युवा संघका अध्यक्ष ऋषिकेशजंग शाहले जानकारी दिए । हाट बजार प्रत्येक हप्ताको शनिवार लाग्ने गरेको छ। बजारमा विभिन्न किसिमका नेपाली उत्पादन सामाग्री विक्रिकक्षमा राख्ने गरिएको छ। उक्त बजारमा नेपाली उत्पदन मात्रै बिक्री गरिने बताईएको छ । 

Advertisement

नेपालको आधारभुत तहमा रहि गामघर शहर तराई पहाड हिमालका सबै भूगोल बाट देश र जनता सङ्ग जोडिएका मौलिक उत्पादनहरू ( स्वदेशी उत्पादन ) को बिक्री  व्यवस्थापन गर्ने उद्देश्यले स्थापित गोरक्ष प्रा लि. ले काठमाण्डौको गौशालामा सुरु गरेको हो । 

बजारमा गाँजाको तेल ,तितेपातीको तेल सहित गाईको गोबरबाट बनेको धुप गमला ,गाँजाबाट बनेको अस्कोट, ब्याग , टोपी , जुत्ता सहित अल्लो लगायत विभिन्न उत्पादनहरु पाइन्छन् । 

विक्रि कक्षमा  मार्सी चामल , जुम्लाको स्याउ , जौको पिठो , दाल ,गेडागुडी , लोकल अचार आदि खरिद गर्न सकिन्छ । उपभोक्ताले हाटको दिन मात्रै नभई अन्य दिन पनि गोरक्ष मार्टबाट सामान खरिद गर्न सक्ने ब्यवस्थापक पक्षले जानकारी गराएको छ।

अर्गानिक बस्तु र नेपाली उत्पादन ,संस्कृति र परम्पराको उपभोग गराउने उदेश्यले प्रेरित उक्त संस्थाले नेपाली उत्पादन उपभोग गर्नाले नेपाली पैसा बाहिर जानबाट रोकिन सहयोग पुग्ने र स्वास्थ राम्रो हुने विश्वास लिइएको छ। संस्थाले नेपाली कफी पिउन पाइने क्याफे संचालन गरेको छ। साथै मिटिङ हल ,विवाह, व्रतबन्ध तथा अन्य समारोहमा भोज भत्तेर गर्न सकिने गरि सेवा संचालन गरेको अध्यक्ष शाहले जानकारी दिए ।

युवा संघले  हिन्दु धर्मको संरक्षण एवं सम्बर्धन गर्दै विश्व गुरु राष्ट्रका रुपमा नेपाललाई चिनाउने उद्देश्यका साथ स्थापना भएको यो संस्थाले आफ्ना गतिविधिहरुलाई अझ सशक्त ढंगले अगाडि बढाउँदै स्थानीइ उत्पादनलाई समेत प्रवर्धन गर्दै देशमा भएको युवा पलायनलाइ रोक्ने प्रयास गर्ने बताएको छ । 

ज्ञान र मानव सभ्यताको उद्भव भएको संसारको शिर गोरक्षभूमि नेपाललाई विश्वशान्तिको लागि पुनः विश्व गुरुराष्ट्रका रूपमा स्थापित गराउन विश्व हिन्दु युवा संघले अगाडि सारेको ५ ( ग ्) को सिद्धान्त गोरक्षनाथ, गाई, गाउँ, गाँजा (आर्युवेद) र ज्ञान (वेद) लाई आत्मसात् गरी राष्ट्र, राष्ट्रियता, मानवता र विश्वशान्तिको लागि आराध्यदेव पशुपतिनाथलाई साक्षी राखेर मन, वचन र कर्मले योगदान गर्ने अठोट सस्थाले लिएको उद्घाटनको अवसरमा अध्यक्ष शाहले बताए । 

गठित कार्य सम्पादन समितिको बैठकबाट विभिन्न विभागहरू गठन गर्ने समेत केन्द्रीय अध्यक्ष ऋषिकेशजङ्ग शाहले जानकारी गराएका छन् ।