April 19, 2025, Saturday
२०८२ बैशाख ६
1:37:26 pm

मानव बेचबिखन शताब्दीकै कलङ्क अभियन्ता शर्मिला कार्की 

845

काठमाण्डौ । सामाजिक अभियन्ता शर्मिला कार्कीले मानव बेचबिखन तथा ओसारपसार शताब्दीकै कलंलक भएको बताएकी छन् । मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १८ औ दिवसको सन्दर्भमा पत्रकारहरूसँगको कुराकानीमा कार्कीले यस्ता अपराध तथा कलंकको विरुद्धमा सबै पक्षको सहकार्य र समन्वय जरुरी रहेको बताएकी हुन् । 

गैरसरकारी संस्था महासङ्घको पूर्व अध्यक्ष तथा जागरण नेपालकी संस्थापक समेत रहेकी कार्कीले कानूनको कार्यान्वयन गरी यस्ता कु कार्यमा संलग्नहरूलाई कारवाहीको दायरामा ल्याउनु पर्नेमा जोड दिइन् । 

समयक्रमसँगै मानव बेचबिखन तथा ओसारपसारको प्रकृति, स्वरुप र गन्तव्यमा निरन्तर परिवर्तन  भएको भन्दै उनले हिजोका दिनमा महिला तथा बालिकाहरू विशेष गरेर यौनजन्य अपराधसँग जोडिएर हुने गरेको बेचविखन तथा ओसारपसारको रुप परिवर्तन भएर अव पुरुषहरू समेत यसको सिकार हुने गरेको भन्दै राज्यका सबै तह , स्वयं समुदाय र व्यक्ति सचेत नभएसम्म यस्ता कार्य अझ बढेर जाने उनको भएकोले स्वयंले प्रतिवद्घता जाहेर गर्ने मात्र होइन व्यवहारमा कार्यान्वयनमा लाग्नुपर्ने बताइन्  । 

Advertisement

बनेका कानुनको उचित कार्यान्वयनको अभावमा त्यस्ता अवान्छित समुह तथा व्यक्तिहरू सक्रिय हुँदा र खासगरी शिक्षित समुह नै वढी त्यस्ता समस्याको सिकार भएको भन्दै उनले वैदेशिक रोजगारीको सन्दर्भसँगै व्यक्तिमा पलाएको बढ्दो महत्वाकाङ्क्षाको कारण पनि यस्ता खालका अपराध मौलाएको उनले बताइन्  । 

विश्व बजारमा दलाल पूँजीवादको बढ्दो हस्तक्षेप, व्यक्तिमा देखापरेको महत्वकाङ्क्षी भावना, विज्ञान प्रविधिको बढ्दो प्रयोग बढ्दो उपभोक्तावाद आदीका कारण पनि अहिले शिक्षित वर्ग र समुदाय बेचविखनको चपेटामा परेको उनको तर्क छ । 

यस्ता अपराधजन्य कार्यमा संलग्नलाई कानूनी दायरामा ल्याउनु र बनेका कानुनको कार्यान्वयन गर्नु पर्नेमा जोड दिँदै उनले  मानव अधिकारको दृष्टिकोणले  अपराध जन्य यस्ता कृयाकलाप खासगरी २१ औ शताब्दीकै कलंक भएकोले यसले पार्ने सामाजिक मान मर्यादाको हानी, सामाजिक आर्थिक सांस्कृतिक विषय उलङ्घन आर्थिक सामाजिक राजनैतिक सांस्कृतिक रुपमा पर्ने हानी नोक्सानी र क्षतिप्रति सचेत हुन स्वयं पक्ष र सरोकारवालाहरूको ऐक्यवद्धता अहिलेको सन्दर्भमा जरुरी हुने  तर्क छ । 

यस्का लागि राष्टिय अन्तराष्ट्रिय सन्धि सम्झौताको कार्यान्वयन राज्यले गर्नुपर्छ र सङ्घ संस्थाले  पोलिसी मेकर्सहरु खास गरी सरकारका ३ वटै निकायलाई सचेत गराउनु आजको आवश्यकता भएको उनको भनाई छ । 
यस क्षेत्रमा ठूलो आर्थिक चलखेल भएकै कारण बौध्दिक र माथिल्लो तहका व्यक्ति र समुह नै यस्ता अमर्यादित र अनैतिक कृयाकलापमा संलग्न हुने गरेको भन्दै उनले मानव बेचविखन र ओसारपसार विरुध्ददको अभियानमा निरन्तर लाग्न सरकार सामाजिक संघ संस्था र सचेत वर्गलाई आग्रह समेत गरीन् । 

खास गरी तीनै तहका सरकारको प्रतिबद्धता  मानव बेचबिखन विरुद्ध सबैको ऐक्यबद्धता भन्ने नाराका साथ मनाउन लागिएको मानव बेचबिखन विरुद्धको १८औं राष्ट्रिय दिवसका अवसरमा गरिबी, अशिक्षा, बेरोजगारी तथा विभिन्न किसिमका हिंसा, विभेद र समाजमा विद्यमान कुरीतिजन्य अभ्यासका कारणले भइरहेको यस किसिमका अपराधिक कार्य पूर्ण रुपमा नियन्त्रण गर्न नेपाल सरकारले निरोधात्मक तथा उपचारात्मक उपाय अवलम्वन गर्दै जानु पनि जरुरी भएको उनको भनाई छ ।