काठमाडौं । नेपाल धितोपत्र बोर्डले रिक्त रहेका विभिन्न पदमा कर्मचारी मागेको छ । बोर्डले सहायक निर्देशक, वरिष्ठ सहायक लगायत पदमा ६ जना कर्मचारी माग गरेको हो ।
उमेर पुगेका इच्छुकले भदौ २७ गतेसम्म अनलाइनमार्फत आवेदन दिन सक्ने बोर्डले जनाएको छ । दोब्बर दस्तुर तिरेर असोज ३ गतेसम्म आवेदन दिन व्यवस्था मिलाइएको छ ।