March 8, 2026, Sunday
२०८२ फाल्गुन २४
1:37:26 pm

अर्थतन्त्र बलियो हुने खालका योजनाहरु अघि बढाउनु आजको आवश्यकक्ता: नेपाल

लेखनाथ सिकारु
२०८१ जेष्ठ २७

2K

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गणतन्त्र संस्थागत गर्नमा डा गोविन्दबहादुर थापाले अहम् भूमिका निर्वाह बताए ।

स्व. डा गोविन्दबहादुर थापा स्मृति प्रतिष्ठान काठमाडौँले शनिबार आयोजना डा गोविन्दबहादुर थापा स्मारिका लोकार्पण गर्दै पूर्व प्रधानमन्त्री नेपालले भने, “स्वर्गीय डा थापाले विभिन्न पुस्तक, लेख, रचनामार्फत गणतन्त्रलाई सकारात्मक दिशामा लैजान सकारात्मक भूमिका निर्वाह गर्नुभएको छ, जो हाम्रा लागि अविस्मरणीय छन् ।”

pin up pinup

अध्यक्ष नेपालले डा थापाको अर्थतन्त्रलाई विश्लेषण गर्ने दृष्टिकोण फरक रहेको भन्दै सबै युवालाई आवश्यक पर्ने, अर्थतन्त्र बलियो हुने खालका योजनाहरु अघि बढाउन आजको आवश्यकक्ता रहेको बताए ।

Advertisement

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी ( एमाले) का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले डा थापाको उमेरमा पनि पनि जोसिलो, युवा चरित्र भएको र केही गर्नुपर्छ भन्ने स्वभाव भएको व्यक्ति भएको बताए ।

पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले डा. थापा अर्थतन्त्रमा मात्र नभई राजनीति र कलासाहित्यमा पनि उत्तिकै रुचि राख्ने व्यक्ति भएको स्मरण गरे । कार्यक्रमको समापन गर्दै स्व. थापाकी श्रीमती तथा डा गोविन्दबहादुर थापा स्मृति प्रतिष्ठानकी अध्यक्ष इन्दिरा थापाले अर्थशास्त्री स्व डा गोविन्दबहादुर थापा देशका लागि आवश्यक पर्ने एक प्रखर लेखक भएको बताईन् ।

डा. थापाले एसियाली विकास बैंकको फिलीपिन्समा बैकल्पीक कार्यकारी निर्देशक, चार पटक अर्थ मन्त्रालयको आर्थिक संल्लाहकार, नेपाल बायु सेवा निगमको अध्यक्ष, नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक भएका काम गरेका थिए । २००८ कात्तिक १६ गते जन्मीएका थापाको विसं २०७८ मा काठमाडौँको बाँसबारीस्थित गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रमा कोभिड–१९ सङ्क्रमितको उपचारका क्रममा निधन भएको थियो ।