January 14, 2025, Tuesday
२०८१ माघ १
1:37:26 pm

समाजवादी निकट युवा संघ नेपालद्वारा ‘राष्ट्रियताका लागि युवा दबाब’ कार्यक्रम सम्पन्न

2.1K

काठमाडौं । सत्तारुढ घटक नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालले माइतीघर मन्डलामा राष्ट्रियताका लागि युवा दबाब कार्यक्रम सम्पन्न गरेको छ ।

राष्ट्रिय युवा संघ लेपालले नेपाली नोटमा नेपालको नक्सा छाप्ने सरकारको निर्णयलाई समर्थन गर्दै त्यसकाविरुद्ध बोल्ने भारत र नेपालका रास्ट्रपति रामचन्द्र पौडेलको सल्लाहकारको विज्ञप्ति प्रति आपत्ति जनाउदै आन्दोलन गरेको छ ।

देशमा रोजगारीको सिर्जना नगरी रुसी सेनामा जान बाध्य पारेको भन्दै सरकारलाइ ध्यानाकर्षण समेत गराएका थिए । देशका युवाको अवस्थालाई सरकारले बेवास्ता गरेको भन्दै युवासंघले आपत्ति जनाएको थियो ।

Advertisement

नेकपा (एस) का युवाहरुले राष्ट्रियतालाई बलियो बनाउन, जनजीवनलाई सहज बनाउन, साथै भ्रष्टाचार र बेथितिविरुद्ध ‘हाम्रो नोटमा हाम्रै देश-आन्तरिक मामिलामा नगर हस्तक्षेप’,
‘नेपालको पश्चिमसम्मको भेग, लिम्पुवाधुरा र लिपुलेख!’, ‘उठौ युवा एकै साथ-रोकौ भारतिय विस्तारवाद !’, ‘एमसीसी के हो ? व्याख्यात्मक टिप्पणी के भो?’ लगायतको नारा लिएर ४ सय बाइक र्‍याली गर्दै माइतीघरमा कोर्न सभा गरि समापन गरेका छन् ।

नेपालले एक सय रुपैयाँको नोटमा नेपालको चुच्चे नक्सा राख्दा भारतले अतिरन्जना गरि रहेको कारण नेपालको स्वभिमानलाई उच्च राख्नका लागि युवा दबाब कार्यक्रम  गरेको युवा संघका नेता बिशाल लामाले बताएका छन्  ।

उक्त सभालाई युवा संघका अध्यक्ष कृष्ण विक, प्रवक्ता सन्जिप राई लगायतले सम्बोधन गरेका थिए ।