May 18, 2024, Saturday
२०८१ जेष्ठ ५
1:37:26 pm

रोटयाक्ट डिष्ट्रकको चितवनमा सेमिनार सम्पन्न

560

काठमाडौं । रोटयाक्ट डिष्ट्रक ३२९२ नेपालले चितवनमा डिष्ट्रक सेमिनार सम्पन्न गरेको छ । सेमिनार रोटयाक्ट डिष्ट्रका डिआरआर रोसन कार्कीको अध्यक्षयता तथा रोटरी डिष्ट्रक २०२४/२५ का डिजि राजेन्द्रमान शेरचनको प्रमुख आतिथ्यितामा सम्पन्न भएको हो ।

रोटयाक्ट डिष्ट्रकले आगामी बर्ष गर्ने कामको बारेमा समिक्षा तथा वार्षिक कार्ययोजना निमार्ण गर्दै सेमिनार सम्पन्न भएकोे रोटयाक्ट डिष्ट्रिका डिआरआर इलेक्ट बिक्रम क्षेत्रीले जानकारी दिए । दुई दिनसम्म चलेको सेमिनारमा करिब ६० जना डिष्ट्रीक मेम्बहरुको सहभागितामा र सेमिनारले बिगत बर्षमा भन्दा अब आउने बर्षमा युवा मैत्री कार्यक्रमहरू सन्चालन गर्ने गरी कार्य योजना निमार्ण गरेको पनि उलने जानकारी दिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि रोटरी डिष्ट्रक २०२४/२५ का डिष्ट्रक गर्भनर राजेन्द्र मान शेरचनले रोट्रयाक्ट डिष्ट्रीकले बिगतदेखि गरेका कामहरको प्रसंसा गरे । डिष्ट्रीकले अब नयाँ कार्ययोजना बनाउदा बिगतका बर्ष भन्दा फरक र पृथक खालका कार्यक्रमहरू सन्चालन गनुपर्ने बताए । धेरैजसो युवाहरु रोजगारीको लागि विदेश जानुपर्ने बाध्यता आएको हुँदा स्वदेश मै रोजगारीको सिर्जना गर्ने खालका विभिन्न सिपमूलक तालिमहरू सन्चालन गनुपर्ने बताए । यसको लागि रोटरी डिष्टीकले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

Advertisement

कार्यक्रममा बोल्दै रोटरियन राजन पियाले रोट्रयाक्ट डिष्डीले बिगतदेखि नै निकै राम्रो र महत्वपूर्ण कार्यक्रमहरु सन्चालन गदै आएकोमा धन्यवाद व्यक्त गरे । उनले आगामी दिनमा रोट्रयाक्ट अभियानमा रोटरीको निरन्तर साथ र सहयोग रहने प्रतिवद्धतासमेत व्यक्त गरे ।

सेमिनारमा सौगात गौतम, सुरज पौडेल, नानी काजि खड्का, बिक्रम क्षेत्री, दिनेश गैरे, माधव पराजुली, अनुप पाण्डे, सुविन खडका लगायतले सहजीकरण गरेका थिए।