November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

आफूमाथि छानबिनको माग गर्दै पूर्वमन्त्री सुदन किरातीले बुझाए पत्र

1.4K

काठमाडौं । आफूमाथि छानबिनको माग गर्दै पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले मन्त्री हितमान तामाङलाई पत्र बुझाएका छन्।

पशुपतिमा विद्युतीय उपकरणद्वारा नि:शुल्क शव दहन गर्ने कार्यक्रम आफू मन्त्री हुँदा अघि बढाइएको उल्लेख गर्दै उनले त्यसबारे सञ्चार माध्यमहरूमा आफूमाथि आरोपसहित रिपोर्ट आएकोले छानबिन गर्न किरातीले माग गरेका हुन्।

पत्रमा उल्लेख गरिएको छ, ‘समाचार प्रशारित गरेर जनतामा भ्रम सिर्जना गर्न खोजिएको छ, उठाइएका विषय छानबिन गर्न समिति गठन गरी दूधको दूध पानीको पानी गरी घटनाको सत्यतथ्य सार्वजनिक गरिदिनुहुन माग गर्दछु ।’

Advertisement