काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आर्थिक विकास र समृद्धिको मार्गमा अग्रसर हुनुपर्ने बेला आएको बताएका छन् । नयाँ वर्ष २०८१ सालको अवसरमा शुभकामना दिँदै उनले नयाँ वर्षसँगै दृढ सङ्कल्प र अठोटका साथ नवीन अवसरहरूको उपयोग गरेर मुलुकमा सुशासन कायम गर्नुपर्ने बताएका हुन् ।
एक सन्देश जारी गर्दै सभापति देउवाले नेपाली जनताको लामो त्याग, सङ्घर्ष, आन्दोलन र बलिदानबाट प्राप्त ऐतिहासिक उपलब्धिहरूको रक्षा गर्दै भविष्यमा आउने राष्ट्रिय चुनौतीहरूको एकजुट हुनु पर्ने बताएका छन् ।
सन्देशमा सम्पूर्ण राजनीतिक दल तथा जिम्मेवार निकायहरू मुलुक, मुलुकवासी र लोकतन्त्रको पक्षमा आ–आफ्ना दलगत स्वार्थ र सीमाभन्दा माथि उठेर एकताबद्ध भई अगाडि बढ्न आवश्यक भएको उल्लेख गरिएको छ ।