April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

उपचारको नाममा व्यापार गरिरहेका निजी अस्पताललाई कारबाही गर्न कांग्रेसको माग

1.3K

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उपचारको नाममा व्यापार गरिरहेका निजी अस्पताललाई कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरेको छ ।

शुक्रबार राष्ट्रिय सभामा पेश गरिएको ‘निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चिता सम्बन्धि’ संकल्प प्रस्तावमाथिको छलफलमा कांग्रेसका सांसद नारायणदत्त भट्टले यस्तो माग राखेका हुन् ।

छलफल भाग लिँदै भट्टले स्वास्थ्य जस्तो संवेदनशील विषयमा पनि गम्भीर नभई उपचारको नाममा व्यापार गरिरहेको निजी अस्पताललाई नियन्त्रणमा ल्याउने दायित्व सरकारको भएको बताएका हुन् ।

Advertisement

उनले नागरिकको बाँच्न पाउने अधिकारलाई सुरक्षित गर्छ भन्ने तर त्यस अनुसारको काम नगरेको भन्दै सरकारको आलोचना पनि गरे । सांसद भट्टले सुदूरपश्चिम प्रदेशमा एउटा मात्रै प्रादेशिक अस्पतालले भन्न नसक्ने भन्दै तत्काल दशरथ चन्द मेडिकल कलेज सञ्चालनमा ल्याउन पनि सरकारलाई दवाव दिए ।

यस्तै, सांसद भट्टले अकालमा नागरिकको ज्यान जाने अवस्था आउन नदिनका लागि स्वास्थ्य विमा कार्यक्रमलाई प्रभावकारी बनाउन पनि सरकारलाई सचेत गराए ।