March 12, 2025, Wednesday
२०८१ फाल्गुन २८
1:37:26 pm

रक्तदानलाई अभियानकै रुपमा सञ्चालन गर्नुपर्छः मन्त्री शर्मा

२०८० फाल्गुन २६

1.4K

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले रक्तदानलाई अभियानकै रुपमा सञ्चालन गर्नुपर्ने बताएकी छिन् । ब्लड डोनर्स एसोसिएसन नेपालको आयोजनामा आजदेखि काठमाडौंमा सुरु भएको दोस्रो अन्तरराष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले स्वयंसेवी रक्तदाताको सङ्ख्या बढाउन सरकारी र गैरसरकारी क्षेत्रबाट निरन्तर अभियान सञ्चालन गर्नुपर्ने बताएकी हुन् ।

मन्त्री शर्माले रक्तदानसम्बन्धी चेतना जागृत गर्न सरकारले ध्यान दिने र सरकारले प्रदान गर्ने लोककल्याणकारी विज्ञापनमा रक्तदानसम्बन्धी चेतनामूलक सामग्री थप्ने प्रतिबद्धता व्यक्त गरिन् । अन्य सार्वजनिक सूचना र सन्देशमा पनि यसलाई अनिवार्य गरिने उनले बताईन् ।

उनले दाताले रगत निःशुल्क दान गरे पनि प्रशोधनलगायत सेवा शुल्क लिँदा रगत लिनेले शुल्क तिर्नुपर्ने बाध्यता रहेकाले त्यसलाई हटाउन आवश्यक बजेट व्यवस्थापनका लागि स्वास्थ्य मन्त्रालयमार्फत सहयोग गरिने बताईन् ।

Advertisement

सामान्य अवस्थामा पनि रगत आवश्यक पर्ने उल्लेख गर्दै उनले हाम्रो देश विपद्को जोखिममा रहेकाले आपत्कालीन रगत व्यवस्थापनलाई समग्र विपद् व्यवस्थापनकै एउटा पाटोका रुपमा जोडेर लैजानुपर्ने बताईन् ।