April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

काभ्रे कृषि महाेत्सव आजदेखि सुरु हुँदै, राष्ट्रपति पौडेलले उद्घाटन गर्ने

1.9K

काभ्रेपलान्चोक । आजबाट बृहत काभ्रे कृषि महाेत्सवकाे सुरु हुँदैछ। बनेपाकाे तिनदाेबाटाेस्थित करुणामार्गदेखि प्राधिकरण चाेकसम्मलाई महाेत्सव स्थान ताेकिएकाे छ।महाेत्सवकाे प्रदर्शनि स्थल रहेकाे उक्त स्थानलाई झकिझकाउ बनाइएकाे छ।

तिनदाेबाटाेदेखि लायकु राज भवन र नौ नम्वर वडा कार्यालयकाे प्रङ्गणमासम्म गरि सयौं प्रदर्शनि तथा बिक्री स्टलहरू राख्ने गरि तयारीका सम्पूर्ण काम पुरा भएकाे महाेत्सव मुल आयाेजक समितिका संयाेजक दिपक कुमार गौतमले जानकारी दिए ।

महोत्सवमा जिल्लाका १३ वटै पालिकाका किसानहरुले आफ्ना उत्पादन विक्रि तथा प्रदर्शनिकमा राख्ने छन् । साथै अन्नबाली, दलहन बाली, नगदेबाली, फलफुल बाली, तरकारी बाली, मसला बाली, च्याउ बाली, मौरी वा मह, नर्सरी तथा आलंकारिक विरुवाहरु, दुग्धजन्य उपज एवं उत्पादन प्रविधि, पंक्षीजन्य उपज एवं उत्पादन तथा प्रविधि, मासुजन्य उत्पादन र मत्स्यजन्य परिकार, उत्पादन र प्रशोधनसँग सम्वन्धित उपकरणहरु, उच्च प्रविधियुक्त संरचनामा आधारित उत्पादन सामग्री, जैविक मल, प्राङ्गारिक मल, रैथाने उत्पादन तथा परिकारहरु, वित्तिय सेवा कर्जा सम्वन्धी, होमस्टे एवं लघु तथा साना उद्यमीहरुका स्टल रहने छन् ।

Advertisement

प्रदर्शनी स्थलमा रंगिन छाना भएको सामाग्री प्रयाेग भएका छन भने चारवटा स्वागत गेटहरू राखिएको छ। साे स्थानमा सडक पेटी खाली छन् । पिच सडककाे दुई भागमा स्टल राखिने र बीचबाट हिँड्न मिल्ने बनाइएको छ। साे सडक खण्डमा सवारी आवगमन निशेध गरिएको सूचनामार्फत सर्वसाधारणलाई जानकारी गराइसकिएकाे छ। उद्घाटन सत्रकाे कार्यक्रमका निम्ति लायकु राज भवनमा सानदार मञ्च बनिरहेकाे छ।

महाेत्सवलाई सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले समुद्घाटन गर्नेछन् । उक्त समाराेहमा विभिन्न तहका उच्च पदस्त अधिकारी तथा विदेशी पाहुनाहरुकाे सहभागीता रहने जनाइएको छ।