January 21, 2025, Tuesday
२०८१ माघ ८
1:37:26 pm

दलहरूले चुनावमा जनतालाई झुठा आश्वासन दिन बन्द गर्नुपर्छ- झाँक्री

1K

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीकी केन्द्रीय सचिव रामकुमारी झाक्रिले दलहरूले चुनावमा जनतालाई झुठा आश्वासन दिन बन्द गर्नुपर्ने बताएकी छिन् ।

साेमवार समाजवादी प्रेस संगठन कैलालीकाे आयाेजनामा भएकाे पत्रकार सम्मेलनमा बाेल्दै नेता झाँक्रीले संकटग्रस्त क्षेत्रका घरपरिवारलाई झुठा आश्वासन देखाउने गरेकाे बताएकी हुन्।

‘निकुञ्ज, वन, कारागार लगायतका संकटग्रस्त छन् । त्यस्ता ठाउँमा आधारभूत सुविधा दिन मिल्दैन’, उनले भनिन, ‘तर, चुनावका बेला सबै सुविधा दिन्छु भनेर भाेट माग्छन् । त्याे गर्नु गलत हाे ।’

Advertisement

उनले शुक्लाफाँटा निकुञ्ज र कैलाली कारागार नजिक बनेका घरलाई उदाहरण दिँदै भनिन्नि, ‘र्वाचनकाे समय म पनि मन्त्रीसंग शुक्लाफाटा गएकी थिए । त्यहाँ मैले बाेल्न त पाईन । मैले बाेल्न पाए स्पष्ट भन्थे कि बफर जाेनमा लालपुर्जा पाउदैन् । सेन्सेटिभ जाेन (संकटग्रस्त क्षेत्र) कहाँ हाे सबै थाहा छ । हामीले अन्तराष्टिय कानुनमा पनि हष्ताक्षेर गरेका छाै। त्यस्ता ठाउमा झुठाे बाेलेर खाली भाेट बैंक नबनाउ ।’

उनले सामाजिक विषयमा स्पष्ट रहने गरेकाे बताउँदै भनिन्, ‘मैले यही शब्द भने दुई दिन गाली गर्लान्, तर गाली गरेर समस्या समाधान हुँदैन र झुठले पनि समस्या समाधान हुँदैन ।’