काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले क्यान्सर रोग न्यूनीकरणका लागि कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता गरेका छन् ।
आइतबार विश्व क्यान्सर रोग दिवसको अवसर पारेर मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले क्यान्सर रोग तत्काल उन्मूलन गर्नसक्ने अवस्था नभए पनि न्यूनीकरणका लागि सरकारले कुनै पनि कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
क्यान्सर न्यूनीकरणका लागि आआफ्नो ठाउँबाट सकेको योगदान पुर्याउन पनि उनले सम्बन्धित सबै निकायलाई निर्देशन दिए ।
क्यान्सर रोगविरुद्ध लडने आधार तत्काल पार्न पनि उनले मातहतका निकायलाई सचेत गराए । उनले सम्बन्धित निकायले सचेत भएर काम गरे क्यान्सर रोग नियन्त्रण गर्न कुनै कठिनाइ नहुने समेत स्पष्ट पारे ।