November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

एमालेका केन्द्रीय सदस्य बसन्त नेम्बाङ विरामी

2.1K

काठमाडौं । प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका केन्द्रीय सदस्य बशन्तकुमार नेम्वाङ अचानक विरामी परेका छन्।

पार्टिको ताप्लेजुङ जिल्ला इन्चार्ज समेत रहेका उनी केहिवेर अघि ताप्लेजुङको सदरमुकाम फुङलिङस्थित पाथिभरा गेष्ट हाउसमा खाना खान लाग्दा अचानक विरामी परेका हुन् ।

हातबाट मोवाइल खसेपछि टिप्न खोज्दा हातले मोवाइन नसमात्नका साथै मुख बांङिगएको देखेपछि तत्काल उपचारार्थ ताप्लेजुङ जिल्ला अस्पताल लगिएका उनमा उच्च रक्तचापको समस्या देखिएको एमाले ताप्लेजुङका उप सचिव मणीसंकर पोमुले बताए । उनलाई उपचारका लागि काठमाण्डौ पठाउन हेलिकोप्टर झिकाइएको उनको भनाई छ ।

Advertisement

पूर्व मन्त्रीसमेत रहेका उनी पार्टी कामकै शिलशिलामा ताप्लेजुङ पुगेका थिए ।